१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

बुद्ध एयरले नेपालगञ्ज र भैरहवामा उडान संख्या थप्दै



बुद्ध एयरले काठमाडौंबाट भैरहवाका लागि दैनिक ९ उडान गर्ने भएको छ।

काठमाडौंबाट पश्चिम नेपालमा हुने दैनिक उडान बढाउने क्रममा बुद्धले नेपालगञ्जमा पनि पाँच उडान गर्ने भएको छ।

बुटवल–नारायणगढ सडक विस्तारले सडक यात्रा कठिन भएकोले बुद्धले पश्चिम नेपालका गन्तव्यमा उडान थप गरेको हो। त्यस्तै एयरलाइन्सले धनगढीमा हुने उडान थप गर्ने जानकारी दिएको छ।

९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ।

बुद्धले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय