१३ आश्विन २०८०, शनिबार
 |   Sat Sep 30 2023
Logo

आगामी आर्थिक वर्ष नेपालको जिडिपी २.७% ले बढ्ने विश्व बैंकको प्रक्षेपण



विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ।

यसैगरी त्यो बृद्धि अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने समेत प्रक्षेपण गरिएको छ । बिदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्समा बृद्धि हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो ।

तर विश्वबैंकको यो प्रक्षेपण सरकारको अनुमान भन्दा भने निकै कम हो । सरकारले यो वर्ष ७ प्रतिशतको हाराहारीको वृद्धिदरको अनुमान गरेको छ ।

दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले बुधबार जारी गरेको अर्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१/२२ मा बंगलादेशको कूल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले बढ्नेछ।

सबैभन्दा धेरै भारतको अर्थतन्त्रमा सुधार आउने देखिएको छ।  भारतको जिडिपीमा १० प्रतिशतले सुधार आउने विश्व बैंकको प्रक्षेपण छ भने पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

“आगामी वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थतन्त्र पुनरुत्थानको मार्गमा आउनेछ”, प्रतिवेदनमा भनिएको छ ।

कोभिड–१९ का कारण धेरै व्यवसाय प्रभावित भएका, राजश्व संकलनमा कमी आएको तथा लाखौँ बेरोजगार भएका जनाउँदै प्रतिवेदनमा रोजगारीका अवसर अझै प्रभावित हुने, आम्दानी घट्ने र असमानता बढ्दै जाने प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय