१६ आश्विन २०८०, मंगलवार
 |   Tue Oct 3 2023
Logo

सुन आयातको कोटा दैनिक २० किलो पुर्‍याइयो, व्यवसायी भन्छन्-कोटा बृद्धिले माग धान्दैन



नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २० किलो पुर्‍याएको छ । सुन आयात गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरुलाई बिहीबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

कोरोना महामारीलाई देखाएर गत वर्ष सरकारले प्रतिदिन सुन आयातको परिमाण १० किलोमा झारेको थियो ।

सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ लाई संशाेधन गरेर इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुले आयात गर्ने सुनको दैनिक कोटा २० किलो पुर्‍याइएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ । यसअघि धेरै माग हुने समयमा दैनिक २५ र सुख्खा सिजनमा प्रतिदिन २० किलो सुन आयात गर्न पाइन्थ्यो ।

सुनको कोटा बढाउने राष्ट्र बैंकको निर्णयप्रति सुनचाँदी व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् । आफूहरुले माग गरेकोभन्दा कम मात्रामा आयात परिमाण बढाइएको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । महासंघले दैनिक ३० किलो सुन आयात गर्नुपर्ने माग सरकारसमक्ष राख्दै आएको उनले बताए । ‘हुँदै नभएको भन्दा त यति हुनु पनि ठीकै हो तर यतिले हाम्रो माग धान्दैन,’ अध्यक्ष शाक्यले भने ।


प्रतिक्रिया दिनुहोस !