
दाङ । जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै शुक्रबार साँझ ५ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । डीएसपी मुकुन्द रिजालका अनुसार दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको लमहीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।