१३ आश्विन २०८०, शनिबार
 |   Sat Sep 30 2023
Logo

चुच्चे नक्सा नराखि जनसेवा श्री पुरुस्कार वितरण गरेको भन्दै युवा संघको विरोध प्रदर्शन



काठमाडौ : राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरूलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूह निकट युवा संघ नेपालका नेताहरूले विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गर्नुभएको थियो । तर, ति पदकहरूमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ । उनीहरूले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याउ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लागयतका नारा लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय