Saturday, May 17, 2025

ट्रेन्डिङ :

आठ महिनामा भित्रियो ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिटयान्स,९ खर्ब ४३ अर्बको आयात

spot_img
spot_img

चालु खाता घाटा थप गहिरो बन्दै गएको छ। घाटा एक खर्ब ४८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकले फागुन महिनासम्मको विवरण सार्वजनिक गर्दै घाटा बढेको जनाएको हो। पोहोर यतिबेला घाटा एक खर्ब १९ अर्ब ७० करोड रुपैयाँ थियो।शोधनान्तर बचत ६८ अर्ब  रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष ३७ अर्ब ८४ करोड रुपैयाँ बचत थियो।

रेमिटेन्स आय अघिल्ला महिनाहरुको तुलनामा केही घटेपनि पोहोरको भन्दा बढेको छ। विदेशमा काम गर्न गएका नेपालीहरुले पठाएको रेमिटेन्स ८.६ प्रतिशतले बढेर ६ खर्ब ४२ अर्ब १४ करोड भित्रिएको छ।

विदेशी मुद्राको सञ्चिति गत असार मसान्तको तुलनामा बढेपनि पछिल्ला महिनाहरुको तुलनामा घटेको छ। असारमा १४ खर्ब एक अर्ब ८४ करोड रहेकोमा अहिले १४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ।

आयात २.१ प्रतिशतलेब ढेर ९ खर्ब ४३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। निर्यात ७.८ प्रतिशतले बृद्धि भइ ८० अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। कुल ब्यापार घाटा ८ खर्ब ६३ अर्ब २१ करोड रुपैयाँ छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?