
पश्चिम बंगाल चुनावलाई दृष्टिगत गदै भारतले नेपालसँग जोडिएको पूर्वी नाका आज बिहानदेखि सिल गरेको छ । ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको हो ।
बङ्गालमा वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए । उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।