१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

अत्यन्तै अस्वभाविक ढंगले अपर तामाकोसीको काममा ढिलाइ गरिएको छ : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका छन् ।नापी विभागको अनलाइन सेवा तथा ‘मेरो कित्ता’ एपको बिहीबार सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा अस्वभाविक ढिला सुस्ती भएको भन्दै अव मान्य नहुने बताए ।

‘अत्यन्तै अस्वभाविक ढंगले अपर तामाकोसीको काममा ढिलाइ गरिएको छ । मैले यसप्रति चासो, रुचि बढाउनुपर्ने देखेको छु । त्यो ढिलासुस्ती अस्वभाविक छ,’ ओलीले भने, ‘तीन वर्षदेखि म एउटै कुरा सुनेको छु, एउटा सानो मेसिन जडान गर्न छ । त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड नोक्सान भइराखेको छ, परोक्ष भन्दा दैनिक १३ करोड नोक्सान भइरहेको छ । यो ढिलासुस्ती हो वा अरु केही हो हेर्न पर्ने भएको छ । यस्तो ढिलासुस्ती अब मान्य हुँदैन ।’

विकास निर्माणका काममा भएका ढिलासुस्तीलाई अब अनदेखा गरेर बस्न नसकिने प्रधानमन्त्रीको भनाइ छ । ‘काममा ढिलासुस्ती, काममा व्यवधान गर्ने कुरालाई अनदेखा गरेर बस्न सकिँदैन । ढिलासुस्ती गर्छ कसैले भने त्यसबाट हुने क्षतिको पनि जिम्मा लिनुपर्छ । चाहे देशभित्रको प्रश्न होस् चाहे देशभित्रको ढेक्का कम्पनीको प्रश्न होस् तर विलम्ब स्वीकार्य हुन सक्दैन । हामी तीव्र रफ्तारमा देशको विकास गर्न चाहन्छौं,’ उनले भने ।

राष्ट्रिय गौरवको आयोजना मानिएको ४५६ मेगावाट विद्युत क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङ कम्पनी तथा तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई पाएको छ । यसअघि २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्‍याएको क्षति, अवरोधलाई कारण देखाइएको थियो । पछिल्लो समय कोभिड–१९ का कारण कार्ययोजना सम्पन्नमा ढिलासुस्ती भएको बताइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मेरो कित्ताको सुरुवात गरेर एउटा महत्वपूर्ण उचाइ छोएको प्रधानमन्त्रीको दाबी छ । नापी विभागको आयोजनामा बिहीबार भूमि प्रशासन सुशासनसम्बन्धी डिजिटल सफ्टवेयरको स्वीच थिचेर प्रधानमन्त्रीले एप तथा अनलाइन सेवाको सुभारम्भ गरेका छन्। मेरो कित्ता प्रणाली’ बाट सेवाग्राहीले घरमै बसी अनलाइन प्रविधिबाट नक्सा प्रिन्ट, फिल्डवर्क उतार, प्लट रजिस्टर प्रिन्ट गर्न सक्नेछन्


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय