कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् ।नेकपा एमाले कर्णाली प्रदेशका सांसद यामलाल कँडेलले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि शुक्रबार विश्वासको मत लिएका थिए ।
३७ जना सांसदमध्ये मुख्यमन्त्री शाहीको पक्षमा २२ जना उभिएका थिए भने कँडेलको पक्षमा १५ जना सांसद उभिएका थिए । नेपाली काँग्रेसले पनि अन्तिममा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
नेकपा एमालेले कँडेललाई मुख्यमन्त्रीको रुपमा अघि सारेको थियो ।