Wednesday, April 30, 2025

ट्रेन्डिङ :

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाए सर्वदलीय बैठक, प्रचण्डलाई टेलिफोन

spot_img
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनले बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्नको लागि बैठक बोलाएको जानकारी दिए। त्यसो त आज नै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए।

प्रचण्डले शुक्रवार ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा ओलीले आफूलाई फोन गरेको बताएका हुन्। उनले उद्घाटन कार्यक्रममा सहभागी भइरहेका बेला फोन आएको जानकारी दिए।

प्रचण्डलाई टेलिफोन

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन्।

प्रतिनिधिसभा विघटन र एमाले माओवादी ब्युँतिएको धेरै समयसम्म पनि दुवै नेताबीच कुनै संवाद हुन सकेको थिए। त्यसैबीच शुक्रबार लामो समयपछि ओलीले दाहाललाई फोन सम्पर्क गरेका हुन्।

प्रचण्डले शुक्रवार ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा ओलीले आफूलाई फोन गरेको बताएका हुन्। उनले उद्घाटन कार्यक्रममा सहभागी भइरहेका बेला फोन आएको जानकारी दिए।

‘यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई धेरै तपाइले के भन्न खोज्नुभएको हो उद्घाटन सकेपछि कुरा गरौंला भने,’ उनले भने।

कार्यक्रममा प्रचण्डले केही मानिसलाई गाउँ गाउँमा सिंहदरवार पुगेको मन नपरेको आरोप लगाए। ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड र ओलीबिच एक्ला एक्लै संवाद भएको छैन्। अप्रत्यक्ष रुपमा संवाद भइरहेको भए पनि भेटघाट नभएको हो। माओवादी केन्द्रका नेताहरुका अनुसार ओलीले बेला बेलामा प्रचण्डलाई फोन गरेर भेटन अनुरोध गरेको भए पनि प्रचण्डले भने एक्लै भेटन अस्वीकार गरिरहेका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?