Wednesday, November 13, 2024
spot_img

ट्रेन्डिङ :

रूरू जलविद्युत आयोजनाको आइपीओ बाँडफाँट, ३७९१६ ले पाए सेयर, यसरी हेर्नुस नतिजा

spot_img
spot_img

रूरू जलविद्युत आयोजनाको आइपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले पाएका छन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार बाँडफाँट गर्दा ३७ हजार ९१६ जना आवेदकले मात्र सेयर पाएका हुन् ।

क्यापिटलका अनुसार कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरिद आवेदन परेको थियो।

जसमध्ये ८ हजार ५३५ आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनालाई शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ। अर्थात भाग्यमानी ३७ हजार ९१६ जना आवेदकले कम्पनीको १० कित्ता शेयर प्राप्त गरेका छन्।

यसरी बाँडफाँट गरी बाँकी रहेको ७ कित्ता शेयर पुनः शेयर पाउने ३७ हजार ९१६ जनालाई गोलाप्रथामा सहभागि गराएर ७ जनालाई थप १-१ कित्ता वितरण गरिएको हो।

यसअनुसार कम्पनीको आइपीओ ७ जनाले ११ कित्ता र ३९ हजार ९०९ जनाले १० कित्ता पाएका छन्। बाँकी आवेदकले शेयर पाउन सकेनन् ।

कम्पनीले चैत २० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको थियो ।

कम्पनीले कुल निष्काशित शेयरमध्ये सामूहिक लगानी कोषका लागि २० हजार ३८५ र कर्मचारीहरुलाई लागि ८ हजार १५४ सुरक्षित गरि ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइपीओमा कुल १६ लाख ८३ हजार १२१ वटा आवेदन मार्फत २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता खरीदको लागि आवेदन परेको थियो। जुन सर्वसाधारणबाट माग भएको तुलनामा ६२.१० गुणा बढी हो।

ईपीओ नतिजा दिउँसो ३ बजे पछि मात्र हेर्न सकिने क्यापिटलले जनाएको छ। शुक्रबार बिहान साढे ८ बजे बाँडफाँट भएको कम्पनीको आईपीओ नतिजा ३ बजेपछि हेर्न सकिने जानकारी बाँडफाँटको क्रममा दिइएको हो ।

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोडपछि हेर्न सकिने भएको हो ।

कम्पनीको आईपीओ नतिजा छिटै हेर्न सकिने भए पनि मेरो शेयरमा पर्नसक्ने चापका कारण इडिआइएस गर्न समस्या हुने हुँदा ३ बजेपछि मात्र नतिजा हेर्न सकिने क्यापिटलका चिफ बिजनेस अफिसर कमल प्रसाद नेपालले जानकारी दिए ।

शुक्रबार नेप्सेमा विदा भए पनि (इडिआईएस) हस्तान्तरणमा पर्नसक्ने असुविधालाई समेत ध्यान दिँदै ३ बजेपछि मात्र नतिजा प्रकाशन हुने व्यवस्था मिलाइएको जनाइएको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ छ। प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा छ।

कम्पनीको वित्तीय विवरणअनुसार प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ छ। कम्पनीले गुल्मी जिल्लामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?