१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

विदेशबाट आएकाहरु अनिवार्य १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने



विदेशबाट आएकाहरु अनिवार्य रुपमा १० दिन होम क्वारेन्टिनमा बस्नु पर्ने प्रावधान ल्याएको छ ।

सरकारले जारी गरेको नयाँ नियम अनुसार विदेशबाट आएकाहरूले पिसिआर परीक्षण गराई नतिजा नआएसम्म बाहिर हिँडडुल समेत नगर्न भनिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विदेशबाट आउनेहरू अनिवार्य १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने र निकट सम्पर्कमा कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएता पनि कम्तीमा १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने बताए ।

यस्तै पिसिआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल नपाउने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय