१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

फुटको संघारमा एमाले, स्पष्टीकरण लेखनमा ब्यस्त नेपालसहित २७ जना संसदहरु



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेका छन् । ओलीले नेता नेपालसहित उनी पक्षीय नेता तथा सांसदहरुलाई छानीछानी स्पष्टीकरण सोधेपछि विभाजनको संघारमा रहेको एमालेभित्र थप संकट पैदा भएको छ । ओलीले नयाँ राजनीतिक दलको रुपमा संलग्न भएको तथा एमालेको चुनाव चिन्ह र झण्डा दुरुपयोग गरेको आरोप लगाउँदै नेपाल लगायतलाई किन कारवाही नगर्ने भनेर सोधेका छन् ।

तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्चाइ नयाँ राजनीतिक दलको रुपमा तपाईं संलग्न भएको गतिविधिमा नलागी नेकपा एमाले दलको पक्षमा आउने प्रतिवद्धता सहितको सप्रमाण जवाफ प्राप्त भएमा पार्टीले विचार गर्ने नै छ । यस सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा कुनै बखत कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ’, अध्यक्ष ओलीले हस्ताक्षर गरेर वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो पटक सोधेको स्पष्टीकरणमा भनिएको छ ।

मंगलबार २ दिने समय सीमासहित ओलीले नेता नेपालसहित २७ जना संघीय सांसदहरुलाई यस्तै व्यहोराको पत्र पठाएर कारवाही प्रक्रिया अघि बढाएका हुन् । ओलीले स्पष्टीकरण मागेपछि त्यसको जवाफ दिने तयारीमा नेता नेपालसहितका नेताहरु लागि परेका छन् । तर, स्पष्टीकरण सोधिएका नेताहरूबाट जस्तोसुकै जवाफ आएपनि ओलीले उनीहरुमाथिको कारवाही भने नरोक्ने तयारी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय