११ आश्विन २०७९, मंगलवार
 |   Tue Sep 27 2022
Logo

अत्यन्त जरुरी नपरी घरबाट बाहिर ननिस्कन मन्त्रालयको अपील



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनप्रति दिन तीब्र रुपमा कोरोना भाइरसको संक्रमण बढिरहेको बताउँदै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन अपील गरेको छ । हरेक ४ दिन कोरोना संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । बुधबार संक्रमणको दर अत्याधिक बढेपछि मन्त्रालयले बाहिर ननिस्किन अनुरोध गरेको हो । हिजो एकै दिन २ हजार ३५१ जना नयाँ कोरोना संक्रमितहरु थपिए थिए । अहिलेका संरचनाहरुले धान्नै नसक्ने गरी विरामीहरुको संख्या बढ्ने संकेत देखिएको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । यसकारण अत्यन्त जरुरी नपरी घरबाट बाहिर ननिस्कन, सभा, भेला–गोष्ठी, सेमिनार, मिटिङ, जात्रा नगर्न र नागरिक जीवनहरुको रक्षा गर्न सम्पूर्णमा अनुरोध गर्दछु मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: