Friday, May 23, 2025

ट्रेन्डिङ :

संवादको आफ्नो पहललाई कमजोरी नठान्न माधव नेपाललाई ओलीको चेतावनी

spot_img
spot_img

 नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रयास अहिले पनि पार्टीलाई क्षति नहोस भनेर सम्झाई–बुझाई गर्नेमा केन्द्रित रहेको बताएका छन् । तर, समूहगत रुपमा भने कुनै पनि सम्झौता नहुने र संवादको आफ्नो प्रयासलाई कमजोरी नठान्न माधव नेपाल पक्षलाई चेतावनी समेत दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा केन्द्रीय कार्यालय भवन शिलान्यास समारोहलाई बल्खुमा सम्बोधन गर्दै ओलीले कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोज्छ भने अब एमालेमा त्यो सम्भव नरहेको प्रष्ट पारे ।

ओलीले बुधवार साँझमात्र माधव नेपालसँग एक्लै वार्ता गरेका थिए । उनले सो वार्तामा पनि समूहगत छलफल नहुने र गुटको भागबण्डा नगर्ने बताएका थिए । दुई नेताबीच आज पनि वार्ता हुने बताइएको छ ।

ओलीले भने- उनीहरुले सडकबाट हामीलाई बिभिन्न ढंगले कारवाही गरेको भनेर नगरा पिटाएका हुन् । केपी ओलीलाई सिध्यायौं भनेका हुन् ।

यति उपद्रो गर्दा पनि अर्को पार्टी खोलेर हिँड्दा पनि कारवाही नगरेर सम्झाइ बुझाई गर्नेमै हाम्रो प्रयास छ । भरसक पार्टीमा क्षति नहोस भनेर व्यक्तिगत तवरमा कुरा गर्ने,उनीहरुलाई सच्याउने र जिम्मेवारी दिने कुरा हुनसक्छ । तर समूहगत रुपमा वार्ता हुन्न ।

ओलीले प्रचण्ड-माधव पक्षले कम्युनिस्ट आन्दोलन सिध्याउन माथिबाटै हान्नुपर्छ भनेर आफूलाई चारपटक साधारण सदस्यबाट समेत निकालेको आरोप लगाए । आफूहरुलाई पार्टीविहीन बनाउने उनीहरुको प्रयास असफल भएको भन्दै ओलीले एमालेमा फर्केर पनि फेरि फ्लोर क्रस जस्ता अपराध जारी राखेकोमा कुनै सम्झौता नहुने प्रष्ट पारे ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?