Sunday, April 20, 2025

ट्रेन्डिङ :

भारतमा नियन्त्रण बाहिर कोरोना, एकै दिन ३ लाख १४ हजार बढीमा संक्रमण

spot_img
spot_img

काठमाडौं । भारतमा कोरोनाले भयावह रुप लिएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारत एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने मुलुक बनेको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या पनि एक करोड ५९ लाख नाघेको छ । १ लाख ८४ हजार ६५७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । कोरोना संक्रमण बढेसँगै भारतका विभिन्न राज्यले सामाजिक गतिविधिमा कडाइ गरेका छन् । यद्यपि, भारतमा कोरोना संक्रमण नियन्त्रणमा भने आएको छैन । कोरोना संक्रमण बढेसँगै भारतका अस्पतालमा पनि बेड तथा आईसीयू बेडको अभाव देखिन थालेको छ । अहिलेसम्म भारतमा १३ करोड २३ लाख डोजभन्दा बढीले कोरोना खोप लिइसकेका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?