१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

ओलीले गरे बल्खुमा पार्टी कार्यालय भवनको शिलान्याश



काठमाडौं । नेकपा एमालेले मदननगर बल्खुमा पार्टी कार्यालय भवनको शिलान्याश गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा नयाँ भवनको शिलान्याश गरेका हुन् । भवन शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरुलगायतको उपस्थिति रहेको थियो । भवन शिलान्यास समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसक्ने बताए ।

उनले अनुशासनहीता र अराजकतासँग सम्झौता गर्न नसकिने बताउँदै फरक बाटोमा लागेका नेताहरु सच्चिएर आए व्यक्तीगतरुपले जिम्मेवारी दिने तर गुटको आधारमा कुनैपनि सम्झौता नगर्ने प्रष्ट पारे । १३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक भवनको निर्माण कार्य दुई वर्षमा पूरा हुने बताईएको छ । यसअघि २०५१ सालमा निर्मित एमाले कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो । पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सञ्चालन हुँदै आएको छ । आजैबाट एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सार्ने तयारी गरिएको छ । बल्खुमा भवन बनिसकेपछि थापाथलीबाट बल्खुमा सारिनेछ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय