९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

करण केसीको आक्रमक ब्याटिङ, मलेशियालाई २१८ रनको चुनौती



काठमाडौं । करण केसीले आक्रामक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाएपछि त्रिकोणात्मक टी २० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनायो । करणले ४५ रन जोड्ने क्रममा ७ छक्का प्रहार गरे । यस्तै ओपनर आसिफ शेखले ३२ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ४२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २५ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा ४१ रन जोडे । उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ३३ रन बनाए । यसअघि लगातार तीन खेलमा अर्धशतक प्रहार गरेका ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भए । कुशल मल्ले अविजित १९ रन जोडे । उनले १० बल खेल्दै २ छक्का प्रहार गरे । नेपालले अन्तिम ४ ओभरमा ६७ रन जोडेको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: