१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

कम्युनिस्ट आन्दोलनको विसर्जन गर्न ओलीले अनेक दाउपेच दाउपेच खेले : नेपाल समूह



काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई पार्टीमा रहन नदिन अनेक दाउपेच गरेको आरोप लगाएका छन् । ७२ औं पार्टी स्थापना दिवसका सन्दर्भमा बिहीबार सामूहिक अपिल जारी गर्दै उनीहरुले सो कुरा बताएका हुन् । २८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटको बैठक मान्ने कुराले त्यही देखाएको अपिलमा उल्लेख छ । त्यस्तै अपिलमा भनिएको छ, तर हामी पार्टी एकता जोगाउन चाहन्छौं । त्यसैले हामीले ‘नेकपा एमालेको एकतालाई बचाऔँ, कम्युुनिष्ट आन्दोलनको रक्षा गरौँ ।’

त्यसका निम्ति फागुन २८ र तत्पश्चात भएका कथित बैठक र तिनका अवैध निर्णय सबै रद्द गरिनुपर्छ र २०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्दछ । यदि त्यसो भयो भने नेकपा एमालेको एकता जोगिन्छ । एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ, अपिलमा भनिएको छ । पछिल्लो समय ओलीले चालेका कदम एमाले विभाजन हुनु साथै कम्युनिष्ट आन्दोलनको विसर्जनको दिशामा रहेको बताएका छन् । आफूहरु भने एकताको पक्षमा रहेको उनीहरुको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय