
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता निष्कर्षबिहीन सकिएको छ । मेरिट होटलमा भएको वार्ता निष्कर्षबिहीन सकिएपछि ओली बाहिरिएसँगै नेपालले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडसँग झण्डै आधा घण्टा संवाद गरेका थिए । संवादपछि बाहिर निस्किएका नेपालले पत्रकारलाई कुनै प्रतिक्रियासमेत दिएनन् । उनले वार्तामा कुनै प्रगति नभएको र यसबारेमा अहिले नै केही प्रतिक्रिया नदिने बताएर होटलबाट बाहिरिएका हुन् ।