Friday, May 23, 2025

ट्रेन्डिङ :

खुल्ला मञ्चको सिटी वसपार्क वैशाख १५ देखि हटाइने, मध्यम दुरीका गाडी गोंगबु बस पार्कबाट चल्ने

spot_img
spot_img

खुल्ला मञ्चमा रहेको सिटी बसपार्क अर्को साताबाट हटाइने भएको छ। बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखाका अधिकारी लगायतको बैठकले  बैशाख १५ बाट सिटी बसपार्क हटाउने निर्णय गरेको हो।

खुल्ला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए। त्यहाँ रहेका संरचना सबै हटाइने छ। ज्ञवालीका अनुसार त्यहाँबाट अहिले संचालन भैरहेका सार्वजनिक सवारीसाधनलाई दुई वटा विकल्प दिइनेछ। टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोंगबु बस पार्कबाट सञ्चालन हुनेछन्।

यस्तै छोटो दुरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन् । पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सन्दर्भमा सार्वजनिक सूचना प्रकाशन गरिनेछ । यसका आधारमा निवेदक (यातायात सञ्चालक) हरुबाट प्राप्त निवेदनका आधारमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछ।

‘हामीले यस प्रयोजनका लागि धेरै पटक, सरोकारवालासँग छलफल गरेका छौँ,’ सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्लेले भने, हामी सिटी बस पार्कसँग सरोकार राख्नेहरुलाई सार्वजनिक सूचना दिने तयारी गरिरहेका छौँ।’ साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौं भ्यु टावर निर्माणका हुनेभएपछि खुलामंचमा अस्थायी बसपार्क बनाइएको थियो। अहिले पुरानो बसपार्कमा भ्युटावर निर्माणाधीन छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?