काठमाडौं : हुम्लाको उच्च हिमाली भेगमा हिमपात भएको छ । सदरमुकाम सिमकोटमा बिहीवार विहानदेखि हिमपात भएको हो । उत्तरी नाम्खा गाउँपालिका लिमिको हल्जी, तिल, जाँङ, हिल्सा र चालालगाएतका क्षेत्रमा बुधवारदेखि नै हिमपात भएको हो । हिमपातका कारण हुम्लाको हवाई उडान प्रभावित भएको छ । बुधवार वर्षाले प्रभावित भएको उडान बिहीवार हिमपातले झनै प्रभावित भएको हो । हिमपात भएसँगै दुई दिनदेखि हुम्लाको उडान ठप्प भएको छ ।