१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

गाउँपालिका अध्यक्ष शाक्यलाई स्थानीयले लखेटी लखेटी कालोमोसो दले



धादिङ । उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष दुर्गा कुमार शाक्यलाई स्थानीयबासीहरुले कालोमोसो दलेका छन् । वडा नम्बर १ स्थित कैचले बजारमा बसोबास गर्दै आएका मानिसहरूको घर टहरा भत्काउन पुगेका अध्यक्ष शाक्यलाई करिब ३० जनाको समुहले बिहिवार कालोमोसो दलेका हुन् । बिहिवार घर टहरा भत्काउन डोजरसहित लिएर वडा नम्बर १ मा पुगेका शाक्यलाई स्थनीयबासीले लखेटी लखेटी कालोमोसो देलेको स्थानीयहरुको भनाइ छ । गाउँपालिकाका अध्यक्ष भएसंगै बिबादमा मुछिएका शाक्य आफू असुरक्षित हुने भन्दै प्रहरी लिइ गएता पनि प्रहरीले समेत यो पटक जोगाउन सकेन ।

शाक्यलाई देख्ने बितिकै आकोशित भएका स्थानीयहरुले करिब २ किलोमिटरसम्म लखेटे पछि प्रहरी र स्थानीयहरु बीच केही समय झडप समेत भएको थियो । झडपमा तीन जना स्थानीय बासिन्दा घाइते समेत भएका छन् । गाउँपालिका अध्यक्ष शाक्यले दुखी जनतालाई राहत दिनुको सट्टा दुखदिएको कारण कालो मोसोले दल्न बाध्य भयौ एक स्थानीयको भनाइ छ । गाउँपालिकाका अध्यक्ष शाक्यले भने आफुलाई कालोमोसो फ्याँक्दा थोरै लागेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय