Friday, May 23, 2025

ट्रेन्डिङ :

थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

spot_img
spot_img

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६६४ जनाको पीसीआर एन्टिजेन परीक्षण गर्दा २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ७९८ जनाको आरटी–पीसीआर परीक्षण गर्दा २ हजार ४४९ जना र ८६६ जनाको एन्टिजेन परीक्षण गर्दा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ५५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय १० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय १० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ६६४ जनाको पीसीआर÷एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २३ लाख ८८ हजार २०० जनाको पीसीआररएन्टिजेन परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?