Friday, December 6, 2024
spot_img

ट्रेन्डिङ :

आईफलमा चढ्दा उधुम हावा चल्छ, धरहराले पनि चिसो हावा दिन्छ : ओली

spot_img
spot_img

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा पुग्दा आफूलाई फ्रान्सको आइफल टावर चढेको जस्तै स्मरण भएको बताएका छन् । शनिबार उद्घाटन भएपनि ओली धरहराको टुप्पोमा पुगेका थिए । धरहरा उद्घाटन समारोहलाई सम्बोधनका क्रममा धरहरा चढ्दाको अनुभव सुनाउँदै प्रधानमन्त्रीले भने, ‘मलाई अलीअली आइफल टावर चल्दाको स्मरण भयो । आइफल माथि पुग्दा उधुम हावा चल्छ । धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’

उनले धरहराको टुप्पोमा बेजोड हावा चलेको सुनाउँदै त्यहाँबाट काठमाडौंको दृश्य पनि मनमोहन देखिएको बताए । ‘धरहरामा जनताका भावनाहरु छन् । धरहरा ढल्दा हामी आफै ढलेजस्तो लाग्छ । धरहराको भग्नावशेष हेर्दा आफ्नो इतिहास नै खण्डहर भएजस्तो लाग्छ’, ओलीले भने, ‘धरहरा उठ्दा गर्व महसुश हुन्छ । हामीले भरसक इतिहास र गौरव झल्कियोस् र आजका आधुनिकता पनि टल्कियोस् भन्नेमा ध्यान दिनेगरी बनाएका छौं ।’

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?