Friday, January 24, 2025

ट्रेन्डिङ :

काठमाडौं छाड्नेहरुको घुँईचो, बसपार्कदेखि थानकोटसम्मको सडक ठप्प

spot_img
spot_img
spot_img

काठमाडौं : कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने घोषणा भएपछि घर फर्किनेहरुको घुँईचो लागेको छ । सोमबार, मंगलबार, बुधबार काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्कमा घर जानेहरुको लाइन झिसमिसेदेखि नै लागेको थियो । एक्कासी जिल्लाहरुमा फर्कने यात्रुको संख्या बढेपछि सवारी साधनको चापले नयाँ बसपार्कदेखि थानकोट नाकासम्म सडक ठप्प बनेको छ । राजधानीको नयाँ बर्षपार्कबाट ४ बजे छुटेका बसहरु साढे ८ बजेसम्म कलंकी पनि पुग्न सकेका थिएनन् । काठमाडौंको नयाँ बस पार्कबाट छुटेका बसहरु अत्यधिक सवारी साधनको चाप बढेपछि थानकोट नाका पनि पा हुन सकेका छैनन् ।

बुधबार घर हिँडेकाहरु बिहान, दिउँसोसम्ममा हजारौं गए पनि कतिपय नागरिक त बेलुकीसम्मै गाडीको पर्खाइमा बसपार्कमा घुइँचो थियो । विभिन्‍न जिल्ला हिँडेका उनीहरुले गाडी कम भएको र जिल्लाबाट फर्किएपछि राति भने पनि घर जाने तयारी रहेको बताए । झोला, पोका पन्तुरा बोकेका सर्वासाधारणहरु कोही घर जान उत्साहित त, कोही थाकेर बसपार्कमै यत्रतत्र बसिरहेका थिए । त्यस्तै स्वयम्भु, सीतापईला, कलंकी, बल्खु, गौसाला, कोटेश्वर, जडिबुटीमा पनि गाडीका लागि लाखौँ यात्रुहरु कुरिरहेका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?