११ आश्विन २०७९, मंगलवार
 |   Tue Sep 27 2022
Logo

रुपन्देहीमा थप ३ कोरोना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीका थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो । बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान २ः३० बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ः४५ बजे र मायादेवीकी ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १८४ पुगेको छ ।

जिल्लामा २२ सय १२ जना सक्रिय संक्रमित छन् । बुधबार मात्रै रुपन्देहीमा ३ सय ८० जना नयाँ संक्रमित थपिएका थिए । ५५६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको हो । रुपन्देहीमा हालसम्म ११ हजार ६ सय ११ जना संक्रमित भएकोमा ९ हजार २ सय १८ जना निको भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: