एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमणबाट एकैदिन तीन हजार ६ सय बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४७ जनाको मृत्यु भएको हो । यो सँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख चार हजार आठ सय नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ७९ हजार चार सय ५९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमण हुनेको संख्या एक करोड ८३ लाख ६८ हजार भन्दा बढी पुगेको छ । संक्रमित मध्ये बिहीबार बिहानसम्ममा एक करोड ५० लाख ७८ हजार निको भइसकेका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या ३० लाख ८५ हजार बढी छ ।