९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं- संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलाई कोरोना संक्रमण भएको छ । महासचिव गौतमसहित संघीय संसदका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । यस्तै, संघीय सांसद पुष्पाकुमारी कर्ण कायस्थलाई पनि कोरोना संक्रमण भएको छ ।

मंगलबार स्वाब दिएको र मंगलबार नै रिपोर्ट पोजेटिभ आएको सांसद कायस्थले जानकारी दिइन् । अस्पताल गइहाल्नुपर्ने अवस्था नरहेकोले घरमा छुट्टै बसेर औषधि खाइरहेको उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: