१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

सभामुखलाई महन्थ ठाकुरको पत्र- लुम्बिनीका सांसदलाई कुनै कारबाही गरिएको छैन



यसबारे लुम्बिनी प्रदेशको संसदीय दलको निर्णय नै आधिकारिक हुने उनको भनाइ छ । लुम्बिनी प्रदेशमा जसपाको प्रदेश समिति गठन नभएकाले प्रदेश संसदीय दललाई नै स्वायत्तता दिइएको बताएका हुन् ।

बिहीबार सभामुखलाई पत्र पठाउँदै ठाकुरले भनेका छन्, ‘संसदीय दललाई नै स्वायत्तता दिइएकाले केन्द्रीय स्तरबाट कुनै कारबाही नभएको जानकारी गराइन्छ।’

यसअघि बिहीबार दिउँसो प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बिहीबार सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना जारी गरेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध उभिने पार्टीको निर्णयविरुद्ध लागेर सरकारमा सहभागी भएपछि जसपाले कारबाही गरेको हो । कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरूले ६ वैशाखमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

तर, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टा बित्न नपाउँदै उनीहरू मन्त्री बनेका थिए । मुख्यमन्त्री नेतृत्वको सरकारमा सन्तोषकुमार भौतिक पूर्वाधार विकास, यादव भूमि व्यवस्था तथा कृषि मन्त्री र रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री छन् ।

अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार, विजयकुमार र सुमनले हस्ताक्षर गरे पनि पछि फिर्ता लिएर मुख्यमन्त्री पोखरेललाई साथ दिएका थिए ।  सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय