Friday, September 13, 2024

ट्रेन्डिङ :

निषेधाज्ञा अवज्ञा गर्ने २ हजार बढी सवारी साधनलाई कारबाही

काठमाडौं : काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञाको पहिलो दिन निषेधाज्ञा अवज्ञा गर्ने २ हजार बढी सवारी साधनमाथि कारबाही गरिएको छ । महानगरीय ट्राफिक महाशाखाले निषेधाज्ञाको पहिलो दिन विहीवार निषेधाज्ञा अवज्ञा गरी चलाइएका २ हजार ३९ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जानकारी गराएको छ । साँझ ७ बजेसम्ममा निषेधाज्ञा अवज्ञा गर्ने दुई पाङ्ग्रे सवारी साधन १४८८ र चार पाङ्ग्रे सवार साधान ५५१ वटालाई कारवाही गरिएको महाशाखाले जनाएको छ । यसैबीच गृह मन्त्रालयले सरकारी आदेशको पूर्ण पालना गर्न सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?