Sunday, April 20, 2025

ट्रेन्डिङ :

कक्षा ३ मा पढ्दा पढ्दै भागेर विवाह गर्ने १४ वर्षीय किशोर पक्राउ

spot_img
spot_img

सल्यान । सल्यानमा बालविवाह गरेका आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । यही वैशाख १३ गते राति खान खाएर सुतिसकेका अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवाले फिर्ता ल्याएर जाहेरी दिएपछि किशोर र उनका बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू दुवैले स्थानीय विद्यालयमा कक्षा ६ मा पढ्दापढ्दै माया बसेपछि भागी विवाह गरेको किशोरले प्रहरीसमक्ष बयान दिएको प्रहरीको भनाइ छ । बालविवाहसँंगै करणीसमेत भएको भनेर जाहेरी आएकाले सोहीअनुसार कानूनी कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?