काठमाडौं– पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल सैनिक अस्पताल छाउनीमा १७ दिनदेखि उपचाररत रहेको खुलेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएपछि सैनिक अस्पतालमा भर्ना भएका उनलाई आइसीयूमा राखिएको छ। स्वाशप्रस्वासमा समस्या भएपछि १ वैशाखमा अस्पतालमा भर्ना भएका उनको अहिले अवस्था स्थिर रहेको सैनिक स्रोतले जनाएको छ।
कोरोना संक्रमण उच्च हुन थालेपछि देशका सुपरिचित व्यक्ति धमाधम अस्पताल भर्ना भएका खबर सतहमा आउन थालेका छन्।