Friday, December 6, 2024
spot_img

ट्रेन्डिङ :

भारतले काेराेनाबारे वैज्ञानिकले दिएको चेतावनी बेवास्ता गरेकाे खुलासा

spot_img
spot_img

एजेन्सी- भारत सरकारले कोरोना भाइरसको अति संक्रामक दोस्रो लहरलाई लिएर वैज्ञानिकहरुले दिएको चेतावनीलाई बेवास्ता गरेको खुलेको छ। सरकारकै तर्फबाट गठित वैज्ञानिक सल्लाहकारहरुको एक फोरमले गएको मार्चको सुरुवातमा भारतीय अधिकारीहरुलाई देशमा नयाँ तथा बढि संक्रामक कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिने चेतावनी दिएका थिए।

फोरममा रहेका पाँच वैज्ञानिकले समाचार संस्था रोयटर्सलाई यो जानकारी दिएका हुन्। चेतावनीका बाबजुद केन्द्र सरकारले भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि विस्तारित स्तरमा कडा प्रतिबन्ध नलगाएको वैज्ञानिकहरुले बताएका छन्।

मास्क नलगाई लाखौँ मानिसहरु धार्मिक कार्यक्रम तथा राजनीतिक र्‍यालीहरुमा सहभागी भएका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारुढ भारतीय जनता पार्टी तथा अरु विपक्षी दलका नेताहरुले चेतावनीका बाबजुद राजनीतिक तथा धार्मीक भेला गरेका थिए। यस्तै दिल्लीमा मोदी सरकारले ल्याएका कृषि सम्बन्धी तीन कानूनको विरोधमा किसानहरुले प्रदर्शन पनि गरेका थिए।

विश्वमै सबैभन्दा धेरै जनसंख्या हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको भारतमा अहिले कोरोना भाइरस संक्रमणको दोस्रो लहर अति भयावह अवस्थामा छ। यो पटकको संक्रमण पहिलो लहर भन्दा निकै बिस्तारित र भयावह छ। दोस्रो लहर भयावह हुनुमा कोरोना भाइरसको नयाँ भेरियन्ट कारक रहेको वैज्ञानिकहरुले बताउने गरेका छन्।

कोरोना भाइरसको संक्रमण सन् २०१४ यतापछि सत्तामा आएका नरेन्द्र मोदीका लागि सबैभन्दा ठूलो संकटका रुपमा लिइएको छ। संक्रमण नियन्त्रणको प्रयासमा खरो उत्रिन नसकेको र विफल भएको भन्दै आलोचना भइरहेको छ। तर यसको प्रभाव उनमाथि राजनीतिक रुपमा कत्तिको पर्ने छ भन्ने हेर्न बाँकी नै रहेको छ।

अर्को चुनाव २०२४ मा हुनेछ भने स्थानीय चुनाव हालको बढ्दो संक्रमण पहिले भएको हो। मार्चको सुरुवातमा कोरोना भाइरसको नयाँ भेरियन्टलाई लिएर इन्डियन सार्स–कोभ–२ जेनेटिक्स कन्सोर्टियम (आइएनएसएसिओजी) ले चेतावनी दिएको थियो। भारतको उत्तरी भेगस्थित एक रिसर्च सेन्टरका निर्देशकसमेत रहेका एक वैज्ञानिकले आफ्नो पहिचान गोप्य राख्ने शर्तमा आफूहरुले दिएको चेतावनी प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीधै रिपोर्ट गर्ने उच्च अधिकारीसम्म पुगेको बताएका छन्।

आइएनएसएसिओजीको निष्कर्ष प्रधानमन्त्री मोदीसम्म पुगे–नपुगेको पुष्टि गर्न भने नसकिएको समाचार संस्था रोयटर्सले जनाएको छ। यसबारे बुझ्नका लागि प्रधानमन्त्री कार्यालयमा सम्पर्क गरेको तर कुनै जवाफ नआएको रोयटर्सले उल्लेख गरेको छ। वैज्ञानिकसहितको सो फोरम सरकारले गएको डिसेम्बरको अन्तिममा गठन गरेको थियो। सार्वजनिक स्वास्थ्यका लागि खतरा हुन सक्ने कोरोना भाइरसका जिनोमिक भेरियन्ट पत्ता लगाउने जिम्मेवारी फोरममाथि थियो। भाइरसको भेरियन्टमाथि अध्ययन गरिरहेका राष्ट्रिय स्तरका १० प्रयोगशालाहरुलाई एक ठाउँमा ल्याएर सो फोरमले अध्ययन गरेको थियो।

फोरमका सदस्य तथा सरकारबाट सञ्चालित जीव विज्ञान संस्थानका निर्देशक अजय परिदाले रायटर्ससँग भनेका छन्, ‘आइएनएसएसिओजीका अनुसन्धानकर्ताले फेब्रुअरीमै बी१६१७ (भारतीय भेरियन्ट) पत्ता लगाएका थिए।’ अध्ययनको निष्कर्ष मार्च १० पहिले नै स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल सेन्टर फर डिजिज कन्ट्रोल (एनसिडिसी) लाई बुझाएर यो भेरियन्टको संक्रमण देशका विभिन्न क्षेत्रमा तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएको अर्का एक वैज्ञानिकले बताएका छन्।

उत्तरी भारतमा अनुशन्धान केन्द्र सञ्चालन गरिरहेका ती वैज्ञानिकका अनुसार स्वास्थ्य मन्त्रालयमा आफूहरुको अध्ययन पुगे पनि कुनै जवाफ दिएको थिएन। सोही समय आसपासमा फोरमले स्वाथ्य मन्त्रालयका लागि प्रेस वक्तव्यको ड्राफ्ट तयार गरेको थियो।

सो ड्राफ्टको एक प्रति आफूले प्राप्त गरेको रोयटर्सले उल्लेख गरेको छ। त्यसमा अध्ययनको निष्कर्ष यसरी उल्लेख गरिएको छ–कोरोना भाइरसको भारतीय नयाँ भेरियन्ट दुई महत्वपूर्ण म्युटेशनबाट बनेको हो, यो मानिसको कोषिकासँग टाँसिएर बस्छ। यो महाराष्ट्रबाट संकलिट नमूना मध्ये १५–२० प्रतिशतमा पाइएको हो।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?