१६ आश्विन २०८०, मंगलवार
 |   Tue Oct 3 2023
Logo

बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छोडेको छैन, भोलिदेखि नै हजार बेड थप्दैछौँ : मन्त्री त्रिपाठी



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले नागरिकको उपचारमा सरकारले हातखुट्टा नछोडेको बताएका छन्। शनिबार साँझ कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि सरकारले गरेका प्रयासबारे जानकारी दिँदै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन्। सरकार यहाँहरुको साथमा छ। बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छोडेको छैन, मन्त्री त्रिपाठीले भने ।

उनले सरकार आतंकित हुने स्थितिमा नभएको र उपचारका सबै विधिका लागि थप काम गरिरहेको दाबीसमेत गरेका छन्। त्यस्तै मन्त्री त्रिपाठीले उपत्यकामा कोरोना उपचारका लागि भोलिदेखि नै हजार बेड थप हुने दाबीसमेत गरेका छन्। सरकार नागरिकको जीवन रक्षाका लागि जिम्मेवारीका साथ कर्तव्य पालनामा खटेको भन्दै उनले खोप र अक्सिजन सिलिण्डर जोहो गर्न आफूहरु दत्तचित्त भएर लागेको बताए।

त्रिपाठीले चाँडै आवश्यक औषधि आपूर्ति हुने विश्वास व्यक्त गरे। कोरोनाको दोस्रो स्वरुप आक्रमक भएको र सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि गरेको व्यवस्थापनमा केही कमजोरी भए नैतिक जिम्मेवारी लिनेसमेत उनले बताए। संक्रमण नियन्त्रणका लागि निषेधाज्ञाको विकल्प नभएको भन्दै उनले यसको पालना गर्न सबैलाई आग्रहसमेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !