Monday, May 19, 2025

ट्रेन्डिङ :

पार्टीभित्रको निरंकुशता स्वीकार गर्न सकिदैन : शेखर कोइराला

spot_img
spot_img

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निरंकुशता अन्त्य गर्न स्थापित भएको पार्टीभित्रको निरंकुशता स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार विराटनगरस्थित कोइराला निवासमा पार्टीमा नवप्रवेशीहरुलाई स्वागत गर्दै उनले नेपाली कांग्रेस निरंकुशता अन्त्य गरी लोकतन्त्र स्थापना गर्न बनेको पार्टी हो । त्यसैले पार्टीभित्रको निरंकुशता पनि कुनै हालतमा स्वीकार्य हुन नसक्ने बताए । उनले लोकतन्त्रको जगेर्ना नै कांग्रेसले गर्ने विश्वास नागरिकमा रहेको बताए । राजनीति राजधानीको रुपमा मोरङको साख फर्कनुपर्छ भन्ने आवश्यकता महसुस हुन थालेको उनले उल्लेख गरे ।

त्यस अवसरमा संस्थागत विद्यालय महासंघ (प्याब्सन) का पूर्वमोरङ अध्यक्ष एवं केन्द्रीय सदस्य वासुदेव न्यौपाने, एन प्याब्सनका राजन छाराहाङ, विवेकशील साझा पार्टीका नेता राजेश कर्ण, एन प्याब्सनका मोरङ कोषाध्यक्ष इन्द्रनारायण साहलगायत कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीको तर्फबाट बोल्दै छाराहाङले अबको देशको राजनीतिक परिवेशलाई निकास कांग्रेसले मात्र दिन सक्ने बुझेरै पार्टीमा आएको सुनाए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?