Friday, December 6, 2024
spot_img

ट्रेन्डिङ :

ओलीलाई लुम्बिनीमा पनि धक्का, मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

spot_img
spot_img

बुटवल : लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेलले केहीबेर अघि प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा दिएको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ । प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिति फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ ।

मुख्यमन्त्री पोखरेलका विरुद्ध गत वैशाख ६ गते प्रदेश सभा सचिवालयमा नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्ताव आज बस्ने प्रदेश सभा बैठक (विशेष अधिवेशन) मा पेश गरिने र छलफलपछि पारित गरिने कार्यसूची रहेको थियो । तर अविश्वास प्रस्तावमाथि छलफल नहुँदै मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

अविश्वास प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेका थिए । तर हस्ताक्षर गरेकामध्ये जनता समाजवादीका ३ सांसद भने मन्त्री बनिसकेका छन् । यसअघि कर्णाली प्रदेशमा एमालेकै ४ सांसदले फ्लोर क्रस गरेपछि माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद सुरक्षित बनेको थियो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?