१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

आन्तरिक उडान संख्या कटौती , एक घण्टामा बढीमा ३ वटा उडान



आन्तरिक उडान संख्या कटौती हुने भएको छ।

आइतबार वायुसेवा सञ्चालक संघ र त्रिभुवन विमानस्थलबीच भएको छलफलपछि उडान संख्या कटौती गर्ने सहमति भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा भीड कम गर्न उडान कटौती गर्नलागेको जनाएको छ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंमा बढीमा ३६ उडान हुनेछन्। सबैभन्दा बढी बुद्ध एयरको हुनेछ।

बुद्ध एयरले १८ वटा उडानको अनुमति पाएको छ भने यति एयरलाइन्सले १० वटा, श्री एयरलाइन्सले ५ वटा उडानको अनुमति पाएका छन्।

त्रिभुवन विमानस्थलले २ वटा उडानबीच कम्तीमा २० मिनेटको ग्याप राखिने भएको छ। एक घण्टामा बढीमा ३ वटा उडान हुनेछन्।

यता सीसीएमसीले भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान रोक्ने सिफारिस मन्त्रिपरिषदमा गरेको छ। आगामी मन्त्रिपरिषद बैठकले हवाइ उडान हुने वा नहुने भन्ने विषयमा निर्णय गर्नेछ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय