१६ आश्विन २०८०, मंगलवार
 |   Tue Oct 3 2023
Logo

अध्ययन विदामा बसेका स्वास्थ्यकर्मीलाई काममा फर्किन मन्त्रालयको निर्देशन



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई काम फर्किन निर्देशन दिएको छ । अध्ययन विदामा रहेका हाल अध्ययन नभएको अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दी रहेको ठाउँमा उपस्थित भएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयको आइतबार बसेको बैठकले विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउने साथै आवश्यकता अनुसार अन्य अस्पतालहरुमा खटाउन सकिने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !