१६ आश्विन २०८०, मंगलवार
 |   Tue Oct 3 2023
Logo

मुगुमा नौ महिनामै ३२ लाख बढी राजश्व संकलन



मुगु । हिमाली जिल्ला मुगुको डिभिजन वन कार्यालयले नौ महिनामा रू ३२ लाख बढी राजश्व संकलन गरेको छ । डिभिजन वन कार्यालय मुगुले जंगलमा पाइने विभिन्न जडीबुटी तथा पैदवार काठबाट ९ महिनामा रू ३२ लाख बढी राजश्व संकलन गरेको हो । कार्यालयले आर्थिक वर्ष २०७७ ७८ साउनदेखि चैतसम्ममा मुगुको चार वटा स्थानीय तहहको विभिन्न भागमा पाइने १६ प्रजातीका जडीबुटी, पैदवार काठ तथा बोल–पत्रबाट कुल ३२ लाख ६२ हजार बढी राजश्व संकलन गर्न सफल भएको हो ।

सबै भन्दा बढी मुगुबाट बाहिरका जिल्लामा लगिने कुट्की नामक जडीबुटीबाट मात्रै १३ लाख १७ हजार राजश्व संकलन भएको जिल्ला डिभिजन वन कार्यालय मुगुका कार्यालय प्रमुख भरत बुडथापाले जानकारी दिए । कार्यालय प्रमुख बुढथापाका अनुसार गत वर्ष भने १२ महिनामा जम्मा ३० लाख ८० हजार १ सय रुपैयामा राजश्व उठेको थियो । तर, यो वर्ष भने ९ महिनामा नै ३२ लाख बढी राजश्व संकलन भएको छ । मुगुको कुल क्षेत्रफलको ९४ हजार ६ सय ४१.५० अर्थात् ३०.५ प्रतिशत हेक्टर जमिन वन क्षेत्रले ओगटेको छ । मुगुमा यार्सागुम्बा, चिराइतो, बिषजरा, सुगन्धवाल, अतिस, कुट्की, पदमचाल, सतुवा, गुच्चीच्याउ, सेतकचिनी, धुपीलगायत दर्जनौ जडीबुटीहरु पाइन्छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !