१६ आश्विन २०८०, मंगलवार
 |   Tue Oct 3 2023
Logo

भारतमा अक्सिजनको अभावमा २४ कोरोना संक्रमितको मृत्यु



एजेन्सी : भारतमा कर्नाटकको चामराजनगरमा रहेको एक सरकारी अस्पतालमा अक्सिजनको अभावमा २४ जनाको मृत्यु भएको छ। घटना आइतबारको हो। मृत्यु भएकामध्ये २३ जना कोरोना संक्रमित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। समाचारअनुसार उक्त अस्पतालमा छिमेकी जिल्ला मैसुरबाट अक्सिजन सप्लाई हुन्थ्यो। तर आइतबार कुनै कारणबस अक्सिजनको सप्लाई कम भएसँगै उनीहरुले अक्सिजनको अभावका कारण ज्यान गुमाएका हुन्। सरकारले उक्त घटनाको छानविन गर्न आदेश दिएको छ। हाल स्थिति नियन्त्रणमा आइसकेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !