
सरकारले कोभिड विरुद्ध सहयोग र काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सरसफाइकर्मी लगाएत अन्य कर्मचारीलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भक्ता दिने भएको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै जोखिम भत्ताको साथै परिवारको उपचार र वीमा सुविधा उपलब्ध गराउने बताएका हुन ।