
काठमाडाैं- कलाकार तथा निर्देशक दीपकप्रसाद आचार्यलाई काेराेना संक्रमण भएकाे छ। बुधबार सामाजिक सञ्जालमा एक पाेस्ट गर्दै उनले आफूलाई काेराेना संक्रमण भएकाे जानकारी दिएका हुन्।
‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किए लगतै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो। क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको छ, ’ उनले लेखेका छन्।