
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । बुधवार दिउँसो सभापति देउवालाई भेट्न प्रधानमन्त्री ओली देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । प्रधानमन्त्री ओली देउवालाई भेट्न नेकपा एमालेका नेताहरुको टोली ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादलसहित पुगेको बुढानिलकण्ठ पुगेको थियो । २७ गते आफूले संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै प्रधानमन्त्री ओली देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन् ।