१५ आश्विन २०८०, सोमबार
 |   Mon Oct 2 2023
Logo

भारतमा नियन्त्रण बाहिर कोरोना, जी ७ को बैठकमा लण्डन गएका प्रतिनिधिहरु मै कोरोना पोजेटिभ



एजेन्सी : लन्डनमा चलिरहेको जी सेबेन देशहरुको बैठकमा सहभागी हुन बेलायतको राजधानी लण्डन पुगेका भारतका प्रतिनिधिमण्डका २ सदस्यहरुलाई कोरोना पोजेटिभ देखिएको छ । लन्डनमा रहेका भारतीय परराष्ट्रमन्त्री सुब्रह्मण्यम जयशंकरले एक ट्विटर सन्देशमा आफू भौतिक रुपमा बैठकमा सहभागी नहुने बताएका छन् । उनी स्काईपको मदतबाट बैठकमा सहभागी हुने छन् । तर जयशंकरलाई भने कोरोना भाइरस नेगेटिभ देखिएको छ । भारतमा कोरोनाको संक्रमण नियन्त्रण बाहिर गईसकेको छ । प्रत्येक दिन भारतमा करिब पौने चार लाखको हाराहारीमा कोरोना संक्रमित थपिईरहेका छन् भने दैनिक साढे तीन हजार बढीको मृत्यु भईरहेको छ । कोरोना कै कारण पूर्वी बंगालको पूर्वी राज्य, जसले मोदीको पार्टीलाई गत हप्ताको निर्वाचनमा पराजित गरेको ठानिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय