Friday, May 16, 2025

ट्रेन्डिङ :

प्रदेश १ मा कोरोनाबाट मृत्यु भएमा चिकित्सकको परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ती

spot_img
spot_img

विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमणबाट मृत्यु भएमा चिकित्सकका परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ती दिने निर्णय गरेको छ । कोभिड–१९ को पहिचान, निदान, उपचार, विरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड–१९ का कारणबाट मृत्यु भएमा २५ लाख क्षतिपूर्ती दिने प्रदेश सरकारले निर्णय गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई क्षतिपूर्तीस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ती रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट एकमुष्ट २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी दिईन् । कोभिड–१९ का संक्रमितको उपचारका लागि खटिने क्रममा संक्रमित भइ बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च पनि प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको मन्त्री राईले बताइन् ।

प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई तलव स्केलको पचास प्रतिशत जोखिम भत्ता प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सामाजिक विकास मन्त्री राईले बताइन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?