काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी समितिको आकस्मिक बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको आकस्मिक बैठक बोलाएका हुन् । बैठक अहिले केहीबेरमा बस्न लागेको बालुवाटार स्रोतले बताएको छ । नेता सुवास नेम्वाङका अनुसार आगामी बैशाख २७ गते संघीय संसदको विशेष अधिवेशनमा प्रधानमन्त्रीले लिने विस्वासको मत, आगामी बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।