Friday, September 13, 2024

ट्रेन्डिङ :

भीम रावलको आरोप : ओलीको घृणित राजनीतिले देश संकटग्रस्त भयो

एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर घृणित राजनीति गरेको बताएका छन् ।
बिहीबार बिहान ट्वीटमार्फत नेता रावलले एमालेका आफ्नै सांसदलाई कारवाही गरेर विपक्षी दलसँग समर्थन गर्न अनुनय विनय गर्नु ओलीको अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठाका रुपमा टिप्पणी गरेका छन् ।

‘प्रम केपीले दलमा विधान मिच्दै निरंकुश रूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु,कारबाही गर्नु र कुनै छलफल–परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो’ उनले भनेका छन्, ‘यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?