८ आश्विन २०७९, शनिबार
 |   Sat Sep 24 2022
Logo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ ।  आमा शारदा देवीको ८४ वर्षको उमेरमा डोटीको केआईसिंह गाउँपालिकास्थित घरमै बिहीबार निधन भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । बिरामी नभए पनि उमेरले शारीरिक कमजोरी भइ निधन भएको हुनसक्ने ओलीको भनाइ छ । धनगढीमा रहेका मुख्यमन्त्री भट्ट केही दिन यता भाइरल ज्वरोका कारण बिरामी परेका छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: