Friday, December 6, 2024
spot_img

ट्रेन्डिङ :

आज राती १२ बजेबाट अन्तर्राष्ट्रिय उडान बन्द हुँदै, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने

spot_img
spot_img

नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द हुँदै छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द भइसकेको छ ।

वैशाख २३ गते अर्थात आज राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द हुने छन् । तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म कामय हुनेछ ।

भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग हप्तामा दुई तर्फी दुई उडानहरू हुने छन् ।

यहाँबाट आउने यात्रु १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय भएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?